
सुर्खेत, ३० असोज । शिवालय गाउँपालिका जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीलाई कोरोना संक्रमण देखिएको छ ।
ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि शाहीले कर्णाली प्रदेशको प्रयोगशालामा स्वाब दिएका थिए । बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको छ ।
शाहीलाई कोरोना अस्पताल कालागाउमा भर्ना गरिएको छ । ज्वरो आउने र खोकी लागेका कारण उनलाई अस्पताल भर्ना गरिएको छ । आफूलाई कोरोना संक्रमण देखिएपछि शाहीले सामाजिक सञ्जालमा स्वास्थ लाभको काममा गर्नेहरुलाई धन्यवाद दिएका छन् ।
कोरोनालाई जितेर पुनः जनताको सेवामा फर्किने समेत बताएका छन् ।















प्रतिक्रिया