बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सिटिजन्स बैंकका ग्राहकलाई ‘डिल आयो डट कम’मा २५ प्रतिशतसम्म क्यासब्याक

दैनिक नेपाल २०७७ असोज ३० गते ८:१८

काठमाडौं, ३०, असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा रु. १ हजार भन्दा माथिको कारोबार गर्दा २५५ सम्म वा रु २ हजार ५ सयसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

यो योजना आगामी कात्तिक ६ गतेसम्म लागू हुने छ । नजिकिँदै गरेको महान चाड दशैंलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरुले  सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित