शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डब्ल्यूएचओले भन्यो– कोरोनाबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य

युरोपमा अब दैनिक १ हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी

दैनिक नेपाल २०७७ असोज ३० गते ७:३२

जेनेभा, ३० असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य रहेको बताएको छ ।

यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । उसले युरोपमा अब दैनिक १ हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको छ ।

बीबीसीले प्रकाशित गरेको समाचारअनुसार गएको २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए । कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ ।

यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्यान्ड र जर्मनीलगायत देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित