शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

यस्तो छ, कात्तिक २ गतेसम्मको मौसम पूर्वानुमान

दैनिक नेपाल २०७७ असोज ३० गते ७:१७

काठमाडौं, ३० असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण अहिले प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान–

असोज ३० गते (शुक्रबार)

दिउँसो : प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । देशका अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक १ गते (शनिबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । देशका अन्य भू–भागमा आंशिक बदली रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक २ गते (आइतबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित