मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

किङ्स इलाभेन पन्जाबसँग रोयल च्यालेन्जर्स बैंगलोर पराजित

दैनिक नेपाल २०७७ असोज ३० गते ६:५२

काठमाडौं, ३० असोज । जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ ।

युएईको सारजाह क्रिकेट स्टेडियममा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा कप्तान केएल राहुलले ६१ र क्रिस गेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मायांक अग्रवालले ४५ र निकोलस पुरन ६ रन जाडे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४८, शिबम डुबेले २३, आरोन फिन्चले २० रज जोडे । त्यस्तै देभदुत पडीक्कल १८, वासिंगटन सुन्दर १३ रनमा आउट हुँदा क्रिस मोरीस २५ र इसुरु उडाना १० रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २/२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए । जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित