शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रदेश १ मा एकैदिन ८ कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ असोज २९ गते १७:०८

विराटनगर, २९ असोज । प्रदेश १ मा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म प्रदेशमा १ सय २२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र विराट नर्सिङ होममा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरी धरानका ३, इटहरीका १, विराटनगरका १, सुन्दरहरैँचाको १ र तेह्रथुमका २ जना छन्।

सातायता हरेक दिन कम्तीमा अढाई सयदेखि ४ सयको हाराहारीमा संक्रमित फेला परिरहेको प्रदेश १ मा कोरोना संक्रमितको कूल संख्या साढे ११ हजार नाघेको छ। हालसम्म १ लाख ४० हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित