८ कार्तिक २०८३, आइतबार

काठमाडौँमा १६ सय ९२ सहित उपत्यकामा थपिए १९ सय ३५ कोरोना संक्रमित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार ६ सय ९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी उपत्यकामा १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

वुधबार उपत्यकामा १ हजार ४ सय ३ जना संक्रमित थपिएका थिए ।

देशभर बिहीबार थप ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ६ सय ९४ जनाको मृत्यु भइसकेको छ ।