१ कार्तिक २०८३, आइतबार

कोसी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ असोज । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो ।

मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्याबाट पीडित थिए । यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए ।

उनलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछि बुधबार उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ बिरामी रहेको केन्द्रले जनाएको छ । रासस