१ कार्तिक २०८३, आइतबार

भारतीय सेनाका स्थलसेनाध्यक्ष नरावणे नेपाल आउँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आउँदो कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् ।

दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदो कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गएको माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।