
काठमाडौं, २९ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारका लागि मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आज पहाडी क्षेत्रको केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको बताइएको छ ।
सोही प्रभावका कारण आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।
तर, अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने बताइएको छ । यस्तै बिहीबार राति पनि प्रदेश १ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । आजको तुलनामा भोलि र पर्सि अलि धेरै पानी पर्ने पूर्वानुमान छ ।
तर, अब ठूलो वर्षा र झरीको सम्भावना भने नरहेको पनि महाशाखाले स्पष्ट पारेको छ ।















प्रतिक्रिया