१ कार्तिक २०८३, आइतबार

प्रेस काउन्सिलद्वारा पत्रकार महासंघ पश्चिम नवलपरासीलाई सञ्चार सामग्री हस्तान्तरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २९ असोज । प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीलाई सञ्चार सामग्री हस्तान्तरण गरेको छ ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले बुधबार महासंघले परासीमा आयोजना गरेको कार्यक्रममा महासंघकी उपाध्यक्ष मालती न्यौपानेलाई सामग्री हस्तान्नरण गरेका हुन् ।

महासंघका लागि टेलिभिजन सेट एक थान, प्रेस ज्याकेट, काउन्सिलले प्रकाशन गरेका पुस्तकहरु लगायत हस्तान्तरण गरिएको हो ।

महासंघकी उपाध्यक्ष न्यौपानेको अध्यक्षता तथा काउन्सिलका अधिकृत भुसालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा महासंघका पूर्व जिल्ला सभापतिद्वय केशव पराजुली, टिकाराम गैरे, सचिव राजकुमार रेश्मी, कोषाध्यक्ष रवि पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा महासंघका पूर्वसभापति पराजुलीले कोभिड–१९ का कारण जिल्लामा पत्रपत्रिकाहरु बन्द अवस्थामा रहेको, रेडियोको जेनतेन चलिरहेको र कतिपय पत्रकार बेरोजगार हुन पुगेकोले काउन्सिलले आवश्यक पहल गर्नुपर्ने बताए ।

काउन्सिलका अधिकृत भुसालले कोभिड प्रभावित पत्रकार र सञ्चार माध्यमलाई राज्यले उचित राहतको प्याकेज ल्याउनुपर्ने बताए । काउन्सिलले त्यसका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ ।