१ कार्तिक २०८३, आइतबार

यूनियन लाइफले शतप्रतिशत ब्याज छूट दिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । यूनियन लाइफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छूट दिने भएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा उक्त छूट दिने कम्पनीले बताएको छ ।

त्यसरी व्यतित भएको बीमालेखका लागि आवश्यक प्रक्रिया पूरा गरी असोज २८ गतेदेखि कात्तिक ३० गतेसम्म नवीकरण गराएमा लाग्ने बीमा शुल्क ब्याजमा तशप्रतिशत छूट प्रदान गर्ने घोषण गरेको छ ।

पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ ।