
काठमाडौं, २९ असोज । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
अकस्मात रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनलाई बुधबार अपराह्न ४ बजे अस्पताल भर्ना गरिएको हो ।
यद्यपि, उनको स्वास्थ्य अवस्था हाल सामान्य छ, सम्भवतः उनी आजै अस्पतालबाट डिस्चार्ज हुने उनको भनाइ छ ।















प्रतिक्रिया