बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनाले गर्दा पत्रकारहरू पलायन हुने अवस्थामा

विमल योगी (विनोद) २०७७ असोज २९ गते ८:०६

विमल योगी (विनोद)

कोरोना महामारीले अनलाइन पत्रकारहरूलाई पनि छाडेको छैन । सञ्चारकर्मीहरू दैनिक सरह संक्रमित र प्रभावित बनिरहेका छन् । घर र कार्यालयमा बसेर काम गरे पनि दैनिक जनजीविकासँग जोडिएका कार्यहरूका कारण सञ्चारकर्मीहरू कोरोनासँग सम्पर्कमा पुग्ने गरेका छन् ।

कोरोनासँग बच्नका लागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पनि अपनाइएका छन् । तर, पनि सञ्चारकर्मीहरू धमाधम संक्रमति भइरहेका छन् । यो कोरोना कसरी सर्छ भन्ने कुरा विश्वा स्वास्थ्य संगठनलाई पनि स्पष्ट थाहा छैन । तर, आछ्यु गर्दा, स्वासप्रस्वास, संक्रमितले छोएको स्थानमा छुँदा वा यस्तै प्रकारले कोरोना सर्ने गरेको चिकित्सकहरूको भनाइ छ ।
कोरोनाले पत्रकार र सञ्चारकर्मी सबैभन्दा धेरै मर्कामा परेका छन् । कोरोना महामारीकै कारण कतिपय पत्रकार र सञ्चारकर्मीले जागिर गुमाउनु परेको छ । कतिपय पत्रकार र सञ्चारकर्मीहरू जागिर गुमाउँदा नपाएको सेवा सुविधालाई लिएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पत्रकार र सञ्चारकर्मीहरू अहिले पनि सडकमा छन् ।

चाहे जे भए पनि कोरोना महामारीले पत्रकार र सञ्चारकर्मीहरू अछुतो रहन सकेका छैनन् । कोरोनाका कारण कतिपय पत्रकार र सञ्चारकर्मीहरूको दैनिक गुजारामा समेत प्रभाव पर्ने पक्का छ । दैनिक गुजारा गर्नबाट केही पत्रकार र सञ्चारकर्मीहरू समस्यामा परिसकेका छन् । पत्रकार र सञ्चारकर्मीहरूलाई बचाउने दायित्व सञ्चारगृहहरूको पनि हो ।

नाम चलेका ठूला सञ्चारगृहहरूले पत्रकार र सञ्चारकर्मीहरूलाई जागिरबाट निकालिसकेका छन् । ती पत्रकार र सञ्चारकर्मीहरू दैनिक गुजाराकै जोखिममा पुगेका छन् । उनीहरूको समस्याका बारेमा नेपाल पत्रकार महासंघले आवाज उठाए पनि ठोस रुपमा अगाडि काम हुन सकेको छैन ।

हामी जस्ता साना अनलाइनमा काम गर्ने पत्रकार र सञ्चारकर्मीहरूलाई पनि कोरोनाले ठूलो समस्या बनाएको छ । सञ्चारगृहहरूलाई आउने नियमित आय स्रोत अर्थात विज्ञापनहरू पनि नियमित हुन सकिरहेका छैनन् । साना अनलाइनहरूलाई आउने स्रोत नियमित हुन नसक्दा पत्रकार, सञ्चारकर्मीहरू र सञ्चारगृहहरूलाई समस्या पर्छ नै । त्यसको सिधा असर पत्रकार र सञ्चारकर्मीलाई हुन्छ ।

सरकारले सञ्चारकर्मीहरूका विषयमा ठोस योजना बनाएको देखिदैन । जति पनि कुरा बाहिर आएका छन् त्यसबाट पत्रकार र सञ्चारकर्मी लाभान्वित हुन सकिरहेका छैनन् । पत्रकारहरूलाई प्रत्यक्ष लाभ हुने गरेर सरकारले कार्यक्रम ल्याउनुपर्ने थियो । तर, ल्याउन सकिरहेको छैन । पत्रकार र सञ्चारकर्मी तथा सञ्चारगृहहरूलाई कोरोना महामारीका बेला राहत दिने विषयमा सरकार चुकेको छ ।

सरकार आफ्नै ठाउँमा अलमलमा परेको छ । सञ्चारमन्त्रालयका नेतृत्व लामो समय नेतृत्व विहीन हुँदा पनि त्यो समस्या आएको हुन सक्छ । सञ्चार मन्त्रालयले अब नयाँ नेतृत्व पाएको छ । नयाँ मन्त्रीले पत्रकार र सञ्चारकर्मी तथा सञ्चारगृहहरूलाई कोरोनाले पारेको समस्याका विषयमा ध्यान दिनुपर्नेछ । अध्ययन कार्यदल बनाएर सोही कार्यदलको सुझावका आधारमा अगाडि बढ्दा नयाँ मन्त्रीलाई सहज हुन सक्छ ।

नयाँ मन्त्रीले कार्यक्रमहरू ल्याएर पत्रकार, सञ्चारकर्मी र सञ्चारगृहहरूलाई राहत दिनुपर्छ । ठूला र साना मिडिया हाउसलाई एउटै बास्केटमा राख्नु हुँदैन । ठूलाभन्दा साना मिडिया हाउस समस्यामा छन् । सरकारले यस विषयमा ध्यान दिनुपर्छ ।

कोरोना महामारीले सबै क्षेत्रलाई प्रभावित बनाएको छ । सबैका आ–आफ्ना समस्या छन् । तर, पत्रकारहरूका आफ्नै समस्या छन् । पत्रकारहरूलाई राज्यले विशेष ध्यान दिनुपर्छ । होइन भने पत्रकारहरू पलायन हुने अवस्था पनि आउन सक्छ । कोरोना महामारीकै कारण धेरै पत्रकारहरू पलायन भइसकेका पनि छन् । समयमा तलब नपाउने, सेवा सुविधा नपाउने, कोरोना संक्रमित भएपछि उपचार पनि नपाउने आदि जस्ता कार्यहरूले गर्दा पत्रकारहरू पलायन हुने अवस्था सिर्जना भएका हुन् ।

कोरोना महामारीका कारण पनि पत्रकारिता क्षेत्रमा टिकिरहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई बचाइ राख्ने दायित्व सरोकारवाला निकायको हो । होइन भने पत्रकारहरू कोरोना महामारीका कारण अझै जोखिममा पर्नेछन् । र, पलायन हुने अवस्था पनि आउन सक्छ ।

कोभिड १९ को महामारीले हरेक क्षेत्रलाई गभीर रुपमा प्रभाब पारेको छ जस मध्ये पत्रकारिता क्षेत्र निकै प्रताडित भएको छ । कोभिडको बहाना बनाएर श्रमजीबी पत्रकारहरुलाई अफ्टयारो बनाउने गरिएको छ त्यो अफ्ट्यारोलाई थोरै भएपनि सहजजीकरण गर्ने गरी नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले बिभिन्न कार्यक्रम संचालन गर्ने गरेको छ ।

कोरोना महमारीले गर्दा पत्रकारहरुलाई आफनो गृह जिल्ला जान समेत अफ्टयारो परेको छ । त्यो अफ्टयारो हामी सबैका लागि हो । बास्तबमा कोरोना महमारीले गर्दा देश भरि साढे ६ सय पत्रकारहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा मारमा परेका छन त्यस मध्ये ३ सय पत्रकारहरु गभीर रुपमा प्रभावित भएका छन ।

त्यसैले नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जा एशियाको सिफारिशमा इन्जा ग्लोबलले गोफण्ट संचालन गरेर पहिलो चरणमा करीब ७० जनालाई लेखनबृत्ति प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित