बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ट्रम्पका कान्छो छोरालाई पनि भएको थियो कोरोना सङ्क्रमण

दैनिक नेपाल २०७७ असोज २९ गते ७:५१

वाशिङ्टन, २९ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोना भाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन् ।

एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड–१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन् ।

तर, ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन् । राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोना भाइरस सङ्क्रमण भएको थियो ।

ह्वाइट हाउसका अन्य कर्मचारीमा पनि सङ्क्रमण पाइएको थियो । बीबीसी

प्रतिक्रिया
सम्बन्धित