शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

फ्रान्सका ९ वटा सहरमा लगाइयो रात्रिकालीन कर्फ्यु

दैनिक नेपाल २०७७ असोज २९ गते ७:०९

फ्रान्स, २९ असोज । कोरोना संक्रमण बढेपछि फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि ती सहरमा रातको समयमा कर्फ्यु लगाइएको र राति ९ बजेदेखि बिहान ६ बजेसम्म मानिसहरु घरैमा बस्नुपर्ने भएको छ ।

बुधबारदेखि ४ सातासम्मका लागि स्वास्थ्य संकटकाल घोषणा गरिएको हो । बुधबार फ्रान्समा २२ हजार ९५१ जना कोरोना संक्रमित नयाँ बिरामी थपिएका थिए ।

कोरोना संक्रमण पुनः बढ्न थालेपछि फ्रान्ससहित युरोपेली मुलुकहरुमा विभिन्न खालका प्रतिबन्धहरु घोषणा गरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित