मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

दुई दिन हिँड्नुपर्ने ठाउँ दुई घण्टामा पुगिने भएको छ, सकारात्मक बनौँ

होमराज श्रेष्ठ २०७७ असोज २८ गते १५:२९

-होमराज श्रेष्ठ

एउटा मुर्तिकारले धेरै नै मेहेनत गरेर मुर्ती बनायो । आफुले बनाएको मुर्ति धेरै राम्रो लागेर आफ्नो गुरुलाई भेटेर आफुले राम्रो मुर्ती बनाएको भनेर देखायो । गुरु पनि खुशी भए ।

मुर्तिकारले गुरुलाई भन्यो मेरो यो जीवनकै पहिलो प्रयास भएकोले प्रदर्शनमा राख्छु गुरुले पनि खुशी प्रकट गर्दै हुन्छ राख्नु भने । मुर्तिकारलाई आफ्नो कामबाट धेरै नै सन्तुष्ट लागेकोले अवलोकनकर्ताको पनि राय बुझ्न मन लागेछ ।

र मुर्तिको तल्लो भागमा (यो सृजना मेरो पहिलो प्रयास भएकोले कृपया कुनै कमि कमजोरी भए चिन्ह लगाई दिनु होला) लेखेर मुर्ती प्रदर्शनीमा राख्यो । दिनभर, साँझ मुर्तिकार आउँदा त मुर्तिमा जताततै चिन्ह लागाएको थियो मुर्तिकार दुखी हुँदै मुर्ती लिएर गुरुलाई भेट्न गएछ ।

गुरुलाई मुर्ती देखाउँदै भनेछ गुरु यो मुर्तिमा धेरै कमजोरी भएछ सबै ठाउँमा चिन्ह लगाएको रहेछ कमजोरी भनेर भन्यो । अनि गुरुले सोधे तिमीले के भनेर अवलोकनको लागि राखेको थियौ ? मुर्तिको मुनि लेखेर राखेको कुरा गुरुलाई भने ।

चिन्ता नलेउ अब भोलि यो मुर्ती त्यही ठाउँमा लगेर अवलोकनको लागि राख्नु र मुनि (यो सृजना मेरो पहिलो प्रयास भएकोले कृपया कुनै कमिकमजोरी भए त्यहाँ बनाईदिनु होला) लेखेर मुर्ती प्रदर्शनीमा राख्नु गुरुले मुर्तिकारलाई भन्यो अनि मुर्तिकारले त्यही गर्यो ।

भोलि पल्ट साँझ जाँदा त मुर्ती जस्ताको जस्तै रहेछ कसैले पनि बनाउने काम गरेनछ । मुर्तिकारले कुरो बुझेछ चुपचाप अर्को मुर्ती बनाउन लागेछ ।

म भिरपानी, रामेछाप जन्मेको २०४९ साल साउनमा पहिलो पल्ट बुबाको हात समातेर उकाली ओराली सुनकोशी तरेर रोसिखोला नमोबुद्द बाट पनौति हुँदै बनेपा सम्म २ दिन हिडेर बनेपा आएर गाडिको पहिलोपटक दर्शन पाएको ।

त्यहीँबाट गाडी चढेर काठमाडौँ आउने सौभाग्य जुरेको थियो । २०५४ फागुन १ गते दोस्रोपटक दाईको हात समाएर काभ्रेको तिमाल डाँडाबाट कच्ची बाटोमा गाडीको चक्का नाच्दै नाच्दै भिरपाखा कान्ला मन भरी डर बोकेर काठमाडौँ छिरेको म ।

आज समय अलि फेरिएको छ आफ्नै साधनमा करिब करिब २ घन्टामा काठमाडौंबाट रामेछाप भिरपानीमा पुग्छु ।

अब आउनुस् यसबीचको केही उतारचढाव कथा बुझौ मैले नेदरल्यान्डस्, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, फ्रान्स, दक्षिण कोरिया, जापान, चिन र भारत घुमेको छु ।

बुलेट रेल बिना चालक रेल सात तला अन्डरग्राउन्ड मुनिको रेल सबै कुराको अनुभव बटुल्ने मौका मिलेको छ । विकसित मुलुकको कुरा छोडौँ २ दिन लगाएर काठमाडौँ पसेकोलाई अहिले २ घन्टामा यात्रा पूरा हुन्छ ।

कुनै न कुनै कुरामा कमजोरी देखिन्छ तर बनाउन हामी कहिल्यै समय खर्चिदैनौँ । बस फेरि औँला सोझ्याउन चाहिँ समय खर्चिन्छौँ ।

झट्ट सुन्दा सुनाउँदा कथा भने जस्तो लाग्छ तर यो नै सत्य हो हाम्रो पुस्ताले भोगेको । खुशी लाग्छ गाउँमा पनि सरर आफ्नै यातायात साधन त्यो पनि पिच रोडमा, भिरपानी रामेछापमा जन्मेका ज्ञान कुमार श्रेष्ठको अगुवाइमा स्थानीय (काठमाडौँ आएर व्यापार व्यावसाय गर्नुहुने सामाजिक व्यक्तिहरू तत्कालीन एमाले र काङ्ग्रेसका सबै मिलेर आफ्नो गाँस कटाएर चन्दा उठाएर खनेको बाटो २०६३) झलनाथ खनाल प्रधानमन्त्री हुँदा पक्की पुल पनि बनाउँदै सिन्धुली र रामेछाप जोडियो आज पिज हुँदैछ ।

वागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलको पहलमा अहिले गाउको बाटोमा कालोपत्र हुँदैछ । केही कोणबाट राम्रो र केही कोणबाट नराम्रो कुरा उठ्नु वा उठाउनु ठूलो कुरा हैन ।

हामी आशावादी हुने व्यक्ति हो । अघि अगाडी सुरुमा लघुकथामा केही प्रसंग उठेको छ । हामी औँला उठाउन जहाँतहीँ सक्छौँ तर हामी सकारात्मक भएर कुनै पनि कुरालाई सहजीकरण रुपमा लिन सक्दैनौँ किन होला ? बस यो प्रश्न जहिल्यै गडेर बसेको छ मनमा ।

हामी दुई दिन लगाएर गाउँदेखि हिँडेर काठमाडौँको यात्रा तय गर्ने हिजोको ती दुखको कुरा लाई आज गाउँदेखि काठमाडौँ सम्मको यात्रा दुई घन्टामा छोट्याउँदा पनि कहीँ केही नमिले जस्तो गरि कुरा उठाउँछौ यो दुनियाँमा कमिकमजोरी नभएको सृजना केही छैन । कुनै न कुनै कुरामा कमजोरी देखिन्छ तर बनाउन हामी कहिल्यै समय खर्चिदैनौँ । बस फेरि औँला सोझ्याउन चाहिँ समय खर्चिन्छौँ ।

गाउँमा जन्मेको हुर्केको एउटा बबुरोको नाताले म ती तमाम सामाजिक रुपान्तरणको लागि आफ्नो गाँस कटाएर समाजलाई दान गर्नु हुने व्यक्तिहरुलाई नतमस्तक सम्मान व्यक्त गर्न चाहान्छु ।

सामाजिक अभियन्ताहरु र माननीय कैलाश ढुङ्गेललाई पनि हार्दिक धन्यवाद दिन चाहान्छु गाउँ समाज विकास र रुपान्तरणमा सधैँ यहाँको अग्रणी भुमिका रहन्छ भन्ने विश्वास छ हामी युवाहरूलाई ।

प्रतिक्रिया
सम्बन्धित