१ कार्तिक २०८३, आइतबार

महोत्तरीका कोरोना संक्रमित युवकको भक्तपुरमा मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । महोत्तरीको पिपरा गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाले मृत्यु भएको छ ।

मिर्गौला रोगी ती युवकको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । ति युवकलाई असोज २२ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २३ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणपछि गम्भीर भएका उनको मंगलबार अस्पतालमै मृत्यु भएको हो । उनको शव महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाको विशेष टोलीले पशुपति आर्यघाटमा व्यवस्थापन गरेको  छ ।

काठमाडौंमा युवकको मृत्यु भएसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।