
दैलेख, २८ असोज । दैलेखको नारायण नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज बुधबारदेखि एक हप्ताका लागि नगरपालिका सिल गरिएको छ ।
नारायण नगरपालिका र नगरभित्रका ११ वटै वडाका कामहरु एक सातासम्म बन्द हुने भन्दै नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी गराएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झनै समस्या हुने भन्दै नगरका सबै काम बन्द गरिएको छ ।
स्थानीय बासिन्दाहरुलाई सुरक्षा सर्तकता अपनाउन सुझाव दिइएको छ । सदरमुकामभित्र मात्रै एकै दिन डाक्टरसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
नगरपालिका भित्रै बसोवास गर्ने, व्यापारी, विभिन्न बैंकका कर्मचारी र नारायण नगरपालिकाका कर्मचारीहरुमा संक्रमण देखिएको हो ।















प्रतिक्रिया