मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

सिंगापुरमा महामारीका कारण ग्राउन्डेड जहाजभित्र रेष्टुराँ सञ्चालन

दैनिक नेपाल २०७७ असोज २८ गते ७:५८

सिंगापुर सिटी, २८ असोज । कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि ग्राउन्डेड हुँदै आएको सिंगापुर एयरलाइन्सले जहाजभित्रै रेष्टुराँको सुविधा दिन थालेको छ ।

विमानस्थलमा अवस्थित उक्त कम्पनीको एयरबस ए–३८० विमानमा रात्रि भोजन गर्ने अवसर दिन थालिएको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त रेष्टुराँमा रात्रि भोजनका लागि प्रतिव्यक्ति ४९६ अमेरिकी डलर शुल्क तोकिएको छ ।

तत्कालै उक्त एयरलाइन्सले लञ्च तथा डिनरका लागि अर्को दुईवटा कार्यक्रमको समेत घोषणा गरिसकेको बताइएको छ ।

कोरोना भाइरस महामारीका कारण लकडाउन गरिएकाले विश्वका अधिकांश महत्वपूर्ण एयरलाइन्सले आफ्ना विमान ग्राउन्डिङ गर्न बाध्य भएका छन् । आफूहरूले गुमाउनुपरेको आम्दानी अन्य विभिन्न तरिकाले संकलन गर्ने विधिअन्तर्गत सिंगापुर एयरलाइनले यो कदम उठाएको समाचारहरुमा उल्लेख छ ।

एयरलाइन्सले हाललाई प्रत्येक ३ घण्टाको यस्तो कार्यक्रम सञ्चालन गर्न दुईवटा एयरबस ए–३८० विमान प्रयोग गर्ने निर्णय गरेको हो ।

सामाजिक दूरी नियमको पूर्णपालना गर्दै डिनर र लन्च लिने व्यवस्था गरिएको बताइएको छ । ग्राहकले निकै सस्तो पर्ने क्याजिन क्लास अर्थात् इकोनोमिक सिटमा बसेर पनि डिनर लिँदै फिल्म हेर्न सक्ने छन् । त्यसका लागि भने प्रतिव्यक्ति ३९ डलर मात्र लाग्ने छ।

एयरलाइनले आफ्ना सामानहरू प्रयोग गरी तयारी खानाको होम डेलिभरी पनि गर्दै छ । यसअघि नै ताइवानको एभा र अस्ट्रेलियाको क्वान्तास एयरलायन्सले विमान उडेकै विमानस्थलमा फर्कने गरी दृश्यावलोकन उडान सञ्चालन गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित