बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

डिजिटल नेपाल सार्थक बनाउन आग्रह

दैनिक नेपाल २०७७ असोज २७ गते १०:१०

लण्डन, २७ असोज । साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा इन्फरमेसन कम्युनिकेसन एण्ड टेक्नोलोजी सेसनमा बोल्ने वक्ताहरुले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

पूर्वमन्त्री डा. विज्ञान शाहले डिजिटल ट्रान्सफरमेसनलाई विशेष जोड दिनुपर्ने बताए । अनलाइन पेमेन्टलाई बढावा दिनुपर्ने उनको भनाइ छ ।

डिजिटली क्षेत्रमा इनोभेसन हुँदै गएको बताउँदै उनले युवाहरु यस क्षेत्रमा आकर्षित हुँदै भएको बताए । कोभिडपछि शिक्षामा आइटी प्रयोगमा जोन दिन आवश्यक देखिएको उनको भनाइ छ ।

डिजिटल साक्षरता बढाउन गैरआवासीयले ध्यान दिनुपर्ने तथा स्वास्थ्य र कृषि क्षेत्रमा पनि डिजिटल्ली जान पर्ने उनले बताए । डिजिटली इकोनोमी अहिलेको आवश्यकता भएको भन्दै डा शाहले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

डिजिटलतर्फ बढी रोजगारी सिर्जना हुने गरी ध्यान दिनुपर्ने उनको भनाइ छ । ईमर्जिङ टेक्नोलोजीमा कसरी अघि बढ्ने भन्ने चुनौती रहेको बताए । आइटी क्षेत्रमा इनोभेसन सेन्टर चाहिने उनको धारणा छन् ।

होवार्ड युनिभर्सिटीका प्रोफेसर दण्ड रावतले साइबर सेक्युरिटीमा विशेष ध्यान दिनुपर्ने बताए । साइबर अट्याकबाट जोगिन ध्यान दिन सकिने उन भनाइ छ । तेस्रो विश्व युद्ध भएमा साइबर अट्याकबाटै हुन नसक्ने खतरा देखिएको उनले बताए ।

यस्तै युनिभसिर्टी अफ टुर्कु फिनल्यान्डका प्रोफेसर राजीब कान्तले स्मार्ट सिटी निर्माणमा ध्यान दिनुपर्ने बताए । आइसिटी रिपोर्टले स्मार्ट सिटी निर्माण गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए ।

एनआइसिटी टोक्यो जापानका रिसर्च म्यानेजर डा. बेदप्रसाद काफ्लेले डिजिटल प्रविधिका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताए । प्रविधि आत्मसात गर्न पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उन भनाइ छ । ५ जि नेटवर्कको प्रयोग र सेवाबाट जीवन सहज बनाउन सकिने उनको भनाइ छ ।

यसैगरी नेपाल प्रहरीका पूर्व डा. राजीव सुब्बाले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षा अन्तरसम्बन्धीत हुने बताए । नेपाल र भारतको नक्सा विवादसँगै नेपाल र भारतका ह्याकरले वेबसाइट ह्याक गर्ने गरेको बताए । ‘नेपालको सन्दर्भमा यो घटना सामान्यरुमा लिइए पनि इस्टोनियाको जस्तो नेपालमा घटना भए के गर्ने भन्ने विषयमा गम्भीर हुनुपर्छ’, उनले भने, ‘विश्वमा ह्या्करले धेरै क्षति पुर्याएको उदाहरण प्रशस्त रहेकाले साइबर सुरक्षामा विशेष ध्यान दिन आवश्य छ ।’

यस्तै नेपाल टेलिकमका म्यानेजिङ डाइरेक्टर डिल्लीराम अधिकारीले सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको बताए । ‘डिजिटल फाउन्डेसनमा नेपालले छोटो समयमा फड्को मारेको छ’, उनले भने, ‘अप्टिकल फाइबर नभएको ठाउँमा छिट्टै फाइबर बिस्तार गरिन लागिएको छ भने आइडिया इन्डेक्समा सफलता प्राप्त गरिएको छ ।’

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले १० वर्षमा मोबाइल र डाटा प्रयोग बढ्दै गएको बताए । ‘६ वटा प्रदायक संस्थाले मोबाइल सेवा दिइरहेका छन् । डिजिटल नेपालको परिकल्पना र दिगो विकास लक्ष्य प्राप्ती गर्नका लागि टेलिकमलाई महत्वपूर्ण स्थान दिएर अघि बढ्नुपर्छ’, उनले भने ।

यसैगरी वल्र्डलिंक कम्युनिकेसन चिफ टेक्निकल अफिसर समित झानाले प्राइभेट अपरेटरको क्याक्सनमा समस्या रहेको बताए । योजना बनाउन नै समस्या हुने बताउँदै उनले साइबर सेक्युरिटी लको विषय आइरहेकाले त्यतातिर लगानी गर्न आवश्यक देखिएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित