शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘कोरोना नाशक चूर्ण’ले ८ दिनमै कोरोना संक्रमण जित्ने रोकायाको दाबी

दैनिक नेपाल २०७७ असोज २७ गते ८:५९

काठमाडौं, २७ असोज । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई ३ दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष शिवलाल रोकायाले यस्तो दाबी गरेका हुन् । अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने, ‘हामीले तयार पारेको कोरोना नाशक चूर्ण’ आयुर्वेदिक औषधिले कोरोना संक्रमितहरुलाई निको पारेको छ । अहिलेसम्म ६० जनालाई यो औषधिले धेरै राम्रो गरेको छ । संक्रमितले यो औषधि सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’

रोकायले अहिलेसम्म नेपालका ९ जिल्लामा वितरण गरिएको पनि जानकारी दिए । उनका अनुसार कोरोना नाशक चूर्ण औषधिमा ‘चिराइतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ । ‘यो औषधि धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित