३ कार्तिक २०८३, मंगलबार

क्रिशल र एलिनाको आयो ‘लगन जुरेर’

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अहिलेका चर्चित जोडी गायक क्रिशल कंडेल तथा गायीका एलीना चौहानको सुमधुर आवाजमा सजिएको गीत ‘लगन जुरेर’ सार्वजनिक भएको छ ।

करुणा कंडेलको निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो ।

यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन पुरुशोत्तम सुबेदीले गरेका छन् । गीतमा कलाकार गायक क्रिशल कंडेल तथा गायिका एलीना चौहानलगायत गीतकार गणेश उप्रेती र अभिनयले खारिएका खेम बाको जोडदार अभिनय रहेको छ ।

त्यस्तै, म्युजिक भिडिओको निर्देशन शक्ति प्रजोल घिमिरे गरेका छन् भने कोरियोग्राफअरमा प्रबिन थापा छन् यस म्युजिक भिडियो लाई छायांकन नमराज घिमिरेले गरेका छनर ।

यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ । यस भन्दा अगाडि पनि गीतकार उप्रेतीका सुमधुर गीतहरु सार्वजनिक भाईसकेका छन् ।

हेर्नुस् भिडियो :