१ कार्तिक २०८३, आइतबार

२४ घण्टामा २२ जना संक्रमितको मृत्यु (सूचीसहित)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

१७ जना पुरुष र ५ जना महिलाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४, सुनसरीमा २, धनकुटामा १, सर्लाहीमा १, ललितपुरमा १, भक्तपुरमा २, नुवाकोटमा १, चितवनमा ४, मकवानपुरमा १, सिन्धुपाल्चोकमा १ र रुपन्देहीमा ३ जना संक्रमितको मृत्यु भएको हो ।

यो संँगै मृतकको कुल संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमतिको ० दशमलव ५९ प्रतिशत हो ।