
झापा, २५ असोज । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२४ वर्षीया श्रीमती रिता थापालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका–२ त्रिवेणीचोकका ३४ वर्षीय रामजी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घरायसी बिबादको कारण रामजीले खुकुरी प्रहार गर्दा श्रीमती रिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया