
सप्तरी, २५ असोज । सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । वडाध्यक्ष प्रेम यादवका अनुसार पछिल्लो केही दिन यता ज्वरो र रुघाकोखी देखिएकी महिलाको स्वाब संकलन गर्दा गत असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमै बस्दै आएकी थिइन् । आइतबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई छिन्नमस्ता अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही बेरमै उनको मृत्यु भएको वडाध्यक्ष यादवले बताए ।















प्रतिक्रिया