१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमित कैलालीका एसपीलाई थप उपचारका लागि काठमाडौं लगियो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २५ असोज । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी एसपी अनुपम शम्शेर राणालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

केही दिनअघि कोरोना पोजेटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो । आइतबार बिहान उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

एसपी राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।