
काठमाडौं, २५ असोज । डा. गोविन्द केसीले सफाई कर्मचारीको हातबाट जुस पिएर २७ दिनदेखि जारी १९औं आमरण अनशन तोडेका छन् ।
शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८औं दिनमा अनशन तोडेका हुन् ।
उनले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।
चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर उनले भदौ २९ गतेदेखि अनशन शुरु गरेका थिए ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेका थिए । तर, बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
सहमतिअघि सरकारी वार्ता टोलीले डा केसीलाई विनाशर्त अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति समेत जारी गरेको थियो ।
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।
थप के–के विषयमा भयो सहमति ? हेर्नुहोस सहमतिपत्र

















प्रतिक्रिया