१ कार्तिक २०८३, आइतबार

भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २५ असोज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकका ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ की ७१ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो । दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गरिँदै आएको थियो ।