८ कार्तिक २०८३, आइतबार

प्रेस संगठन नेपाल नवलपरासी(पश्चिम)को पहिलो बैठक सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

परासी, २४ असोज । प्रेस संगठन नेपाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला शाखाको पहिलो बैठक आज विभिन्न निर्णय गर्दै परासीमा सम्पन्न भएको छ ।

बैठकले कोभिड १९ नियन्त्रणमा नआएकोले सतर्क, सजग र स्वास्थ्य सुरक्षा अपनाएर रिर्पाेटीङ्मा खटिन सदस्य पत्रकारहरुलाई आग्रह गरेको छ । बैठकले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न जिल्लाका सम्पूर्ण सञ्चारमाध्यमहरुसँग माग पनि गरेको छ ।

संगठनको बैठकले सदस्यता अद्यवाधिक गर्ने, पार्टी र जनप्रतिनिधिसँग सहकार्य गरी विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले शान्ता भण्डारी, नारायण पाण्डे, रेशम शर्मा, रामजी लौडारी, सुमनगोपाल आचार्य, शम्भु उपाध्याय, उमानाथ पोखरेल, नारायण पराजुली, कुलप्रसाद शर्मालाई प्रेस संगठनको सल्लाहकारमा मनोनयन गरेको संगठनका सहसंयोजक मोहन पौडेलले बताए ।

प्रेस संगठन नेपालका जिल्ला संयोजक वेनीमाधब बस्यालको अध्यक्षता तथा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा पार्टीका जिल्ला कमिटी सचिवालय सदस्यहरु जनार्दन कुर्मी, बुद्धन अलि, रामप्रसाद पाण्डे, प्रेस संगठनका केन्द्रिय अनुशासन आयोग सदस्य गोपि ज्ञवाली, संगठनका लुम्बिनी प्रदेश सदस्यहरु केशव पराजुली, राजकुमार रेश्मी, मेघराज गौतम, पार्टीका लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य बेचु गौड लगायतले शुभकामना व्यक्त गरेका थिए ।