
काठमाडौं, २४ असोज । नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी–काठमाडौं सम्पर्क समिति गठन गरेको छ ।
नेपाली कांग्रेसका युवा नेता समेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिव सुवास भट्टराई कोषाध्यक्ष मनोज बनेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा. कुञ्जीलाल यादव, सञ्जय खतिवडा छन् ।
कोरोना महामारीको समयलाई मध्यनजर गर्दै काठमाडौंको नयाँ बानेश्वरस्थित एक स्थानमा मास्क, स्यानिटाइजर प्रयोग गरी मापदण्ड अपनाएर अधिवेशन गरिएको हो ।
सुनसरीबाट काठमाडौं आई बसेबास गर्ने दाजुभाइ तथा दिदीबहिनीहरुका लागि कोरोना महामारीका कारण खान बस्न लगायतका समस्या समाधान गर्न प्रयास गर्ने उद्देश्यसहित समिति गठन गरिएको समितिका नवनिर्वाचित सभापति बाबुराम आचार्यले बताए ।
भेलाका संयोजक सुरज श्रेष्ठले कांग्रेसलाई बलियो बनाउन र सुनसरीबाट काठमाडौं आएका सबैलाई समेट्न सहज गर्न कांग्रेसको संगठन आवश्यक भएकाले सम्पर्क समिति गठन गरिएको बताए ।















प्रतिक्रिया