१ कार्तिक २०८३, आइतबार

६ वर्षीय बालिकालाई बलात्कार गर्ने पिन्टु पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिबास, २४ असोज । महोत्तरीको मनरासिस्वा–१ मा ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय पिन्ट ठाकुर भुमिहार छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टका हनुसार उनले गत साउन ११ गते साँझ एक बालिकालाई आफ्नै घरमा ललाईफकाई बलात्कार गरेका थिए ।

घटनापछि फरार भएका उनलाई मनरासिस्वा–९ बथनाहा गाउँस्थित भारतीय सीमा नजिकैबाट प्रहरीले पक्राउ गरेको हो ।