१ कार्तिक २०८३, आइतबार

एकै परिवारका ८ जनामा कोरोना संक्रमण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २४ असोज । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका ८ जनामा कोरोना संक्रमण भएको छ ।

शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका ८ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए ।

यससँगै आज जिल्लामा थप ३४ कोरोना संक्रमित बिरामी थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

यससँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४८६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९० रहेको छ । कोरोनाका संक्रमणबाट चार जनाको ज्यान गएको छ । रासस