८ कार्तिक २०८३, आइतबार

हनुमाननगर सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणको अवैध सुर्ती बरामद

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-महेश सिंह

लहान, २४ असोज । सप्तरीको हनुमानगर नगरपालिका ५ बाट सशस्त्र प्रहरीका सादा पोसाकको प्रहरीले ठुलो परिमाणको अवैध सुर्ती बरामद गरेका छन् ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजुु श्रेष्ठको कमाण्डमा गोप्य सूचनाको अधारमा खटिएको सदा पोसाकको सशस्त्र प्रहरीले उक्त सम्मान बरामत गरेको हो ।

लकडाउनको मौका छोपी तस्करले ठुलो परिमाणको अवैध सुर्ती भन्सार छ्लेर नाउँ डुङ्गा प्रयोग गरी भारत तर्फ लग्दै गरेको अवस्थामा कोशी खोलाको पनार बाट सदा पोसाकमा खटिएको प्रहरी बिरेन्द्र साहले उक्त सम्मान पक्राउ गरेका छन् ।

पक्राउ गरेको सम्मान सुर्ती २० बोरा, मन्जन गुल्ल ५ बोरा, मटर, कपडा लगायतका सम्मान बरामद गरेका छन उक्त सम्मान करिब ३ लाख मुल्य बराबरका छन् । पहरी लाई हेर्दा तस्करले सम्मान छाडेर फरार भएको थियो । बरामद गरेको सम्मान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिए ।