
काठमाडौँ, २३ असोज । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव ध्रुव विक्रम वलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
घर्तीलाई रुघाखोकी लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी एक्सपर्ट मेसिनमार्फत गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।
हाल उनी होम आइसोलेसनमै रहेका छन् । उनको स्वास्थ्य पनि अहिले सामान्य रहेको जनाइएको छ । यसअघि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई पनि संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया