८ कार्तिक २०८३, आइतबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

पर्वत, २३ असोज । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षीय ढुण्डीराज रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत तुल्सीपुर वुटवलको २०७६ बैशाख ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३ सय ९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा कास्की पोखरा महानगरपालिका(१३ स्थित औद्योगीक क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।