
काठमाडौँ, २३ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन् ।
यससँगै मृतकको संख्या ६ सय पुगेको छ ।
शुक्रबार देशभर थप २ हजार ५९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया