१ कार्तिक २०८३, आइतबार

सांसद यादवद्वारा ढलान सडक तथा नाला उद्घाटन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बीरगञ्ज, २३ असोज । पर्सा–१ का सांसद प्रदिप यादवले वीरगञ्ज महानगरपालिका–१८ भवानीपुर इनरवा टोलमा निर्माण सम्पन्न भएको ढलान सड़क तथा नालाको उद्घाटन गरेका छन् ।

स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद विकास कोषबाट सम्पन्न भएको ढलान सडक तथा नाला निर्माण कार्यको आज शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै सांसद यादवले सबैको सहयोगले मात्र विकास निर्माण कार्यको गति बढ़ने बताए । आफूले यस क्षेत्रको विकासका लागि जनताको चाहनाअनुरुप विकासका कार्यहरू शुरू गरेको समेत बताए ।

आगामी दिनमा पनि यस वडाको विकासका लागि नयाँ योजनाहरू बनाएर विकास कार्यलाई निरन्तरता दिइने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश सांसद जन्नत अन्सारी जिल्ला सदस्य उमाशंकर तिवारी, ओमप्रकाश साह, सांसद घनशयाम गुप्ता लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।