८ कार्तिक २०८३, आइतबार

थप २ हजार ५९ जनामा कोरोना पुष्टि, १ लाख नाघ्यो संक्रमितको संख्या

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असोज । नेपालमा थप २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ६ सय ८० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ६ सय जना पुगेको छ ।