८ कार्तिक २०८३, आइतबार

लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असोज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण) मा उनलाई कोरोना पोजिटिभ देखिएको हो ।

उनलाई २ दिन अघि रुघा लागेपछि परीक्षण गरिएको थियो । मन्त्रीमा संक्रमण देखिएपछि सचिवालयमा सबैको परीक्षण तयारी गरिएको छ । उनी मन्त्रालयकै निवासमा आइसोलेसनमा बसेका जनाइएको छ ।