८ कार्तिक २०८३, आइतबार

प्रदेशमा थपिए ७१ कोरोना संक्रमित, एकको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असोज । प्रदेश २ मा वुधबार थप ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमा धनुषामा सात जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, बारामा १० जना, पर्सामा आठ जना र रौतहटमा ३९ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार एकै दिन विभिन्न जिल्लामा दुई सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

त्यस्तै, धनुषामा कोरोना संक्रमण भएका एक जनाको बिहीबार मृत्यु भएको छ । धनुषाको सहिदनगर नगरपालिका १, चिरैयाटोल घर भएका ७० वर्षीय एक पुरुषको कोरोनाको कारण मृत्यु भएको हो ।

प्रदेशमा हालसम्म कुल १४ हजार १४ संक्रमित भएकोमा एक सय ४४ जनाको मृत्यु भएको छ भने ११ हजार पाँच सय ३० जना कोरोनामुक्त भएका छन् ।