
काठमाडौँ, २२ असोज । नेपालमा वुधबार थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् ।
त्यस्तै, गत २४ घण्टामा २ हजार ६७५ जना निको भएसँगै कोरोना निको हुनेको कुल संख्या ७१ हजार ३४३ पुगेको छ । हाल कोरोना जितेर डिस्चार्ज भएकाको प्रतिशत ७२ दशमलब ३ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर भएको छ भने यससँगै कुल पीसीआर संख्या ११ लाख ३१ हजार ९५८ पुगेको छ ।
आज थपिएका संक्रमितमा २ हजार ५४० जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ सय ९० जना पुगेको छ ।
हेर्नुस् बिहीबार कुन जिल्लामा कति थपिए संक्रमित :
















प्रतिक्रिया