
काठमाडौँ, २२ असोज । नेपालमा गत २४ घण्टामा थप २ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
त्यस्तै, बिहीबार थप ४ हजार ३ सय ६४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
हाल देशभर २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ५ सय ९० जना पुगेको छ ।















प्रतिक्रिया