८ कार्तिक २०८३, आइतबार

एकैदिन हालसम्मकै उच्च ४३ सय ६४ जनामा कोरोना पुष्टि

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असोज । नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

हाल देशभर २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ५ सय ९० जना पुगेको छ ।