८ कार्तिक २०८३, आइतबार

वुधबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । नेपालमा वुधबार एकैदिन थप ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ६ सय ८४जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँ जिल्लामा १ हजार २९६ ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा ११२६ आज डिस्चार्ज भएका छन् । योसँगै ६८ हजार ६ सय ६८ जना निको भएका छन् ।

त्यस्तै, मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको प्रवक्ता गौतमले जनाए ।

यसैगरी पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म निधन हुनेको संख्या ५७८ पुगेको छ ।

कुन जिल्लामा कति थपिए हेर्नहोस् :