८ कार्तिक २०८३, आइतबार

थप १५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ५ सय ७८ पुगेको छ ।

वुधबार देशभर थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।