८ कार्तिक २०८३, आइतबार

काठमाडौँमा १२९६ सहित उपत्यकामा थपिए १६८४ कोरोना संक्रमित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार २ सय ९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ गरी उपत्यकामा १ हजार ६ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
शनिबार उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका थिए ।

देशभर वुधबार थप ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ५ सय ७८ जनाको मृत्यु भइसकेको छ ।