
काठमाडौँ, २१ असोज । नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार १ सय २६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
हाल देशभर २५ हजार ७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ५ सय ७८ जना पुगेको छ ।















प्रतिक्रिया