७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपील

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । सरकारले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन अपील गरेको छ ।

अन्य जिल्लाको तुलनामा जोखिम बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन अपील गरेको हो ।

मन्पिरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा कोरोनाभाइरस संक्रमण नियन्त्रणउन्मुख नरहेकोले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताए ।

संक्रमणको दर उच्च भएकाले अन्य जिल्लामा नियन्त्रणउन्मुख भए पनि काठमाडौँमा भने नियन्त्रण बाहिर जान सक्ने जोखिम रहेको भन्दै सजग हुन उनले आग्रह गरेका छन् ।

उनका अनुसार ४० लाख बसोबास भएको उपत्यकामा संक्रमण अनियन्त्रित भएमा ठूलो जोखिम निम्त्याउन सक्छ भन्दै आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय गर्दा, यातायातमा हिँडडुल गर्दा, वा अन्य गतिविधि गर्दा उच्च सतर्कता अपनाउन अपील गरेका छन् ।

त्यस्तै, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर दसैँ तिहार जस्ता चाडबाट मनाउनुपर्ने पनि उनको भनाइ रहेको छ ।