
काठमाडौँ, २१ असोज । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमको मुद्दा अनिश्चित बनेको छ ।
प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश क्वारेन्टिनमा बसेपछि गौतमको मुद्दा अनिश्चित बनेको हो ।
सरकारको गौतमलाई राष्ट्रिसभा सदस्य बनाउने सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन् ।
गौतमको मनोनयनविरुद्ध सर्वाेच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै निवेदन दिएका थिए । रिटमा प्रतिनिधिसभामा हारेकाले राष्ट्रियसभा सदस्य हुन नपाउने जिकिर गरिएको छ ।
असोज ७ गते सर्वाेच्चले गौतमलाई थप संवैधानिक अधिकार नदिन आदेश दिएको थियो ।
त्यसपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
सर्वोच्च अदालतका एक न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश राणासहित १६ न्यायाधीश क्वारेन्टिनमा बसेका छन् ।
न्यायाधीशहरु क्वारेन्टिनमा बसेपछि गौतमको मुद्दा पछाडी धकेलिएको हो ।















प्रतिक्रिया